नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज स्याङ्जा, बाग्लुङ र पर्वतमा संयुक्त चुनावी सभालाई सम्बोधन गर्नु हुने

आगामी मङ्सिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार–प्रसारको क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लामा आजोजना हुने चारवटा संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने हुनुभएको छ । अध्यक्षद्वय ओली र दाहालले आज स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजित संयुक्त सभालाई सम्बोधन गर्नुहुनेछ ।

सत्ता र पदीय हैसियतको चरम दुरुपयोग गर्दै स्याङ्जामा मतदाता प्रभावित पार्न रचिएका चक्रब्यूह तोड्नका लागि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले वालिङ र पुतलीबजारमा आयोजित दुई चुनावी सभालाई सम्बोधन गर्न लाग्नुभएको हो । उहाँहरुले आममतदाताको मनोवल माथि उठाउन सम्वोधनको क्रममा अपिल गर्नुहुनेछ । साथै, सरकारी निकायबाट हुनसक्ने धाँधलीबारे पनि जनतालाई सचेत गराउने कार्यक्रम रहेको छ ।

अध्यक्षद्वय ओली र दाहालले हिजो गोरखा र लमजुङमा आयोजित पाँचवटा चुनावी सभालाई सम्वोधन गर्नुभएको छ । पाँचवटै चुनावी सभामा जनताको उल्लेखनीय सहभागिता रहेको थियो । चुनावी अभियानको क्रममा वामपक्षीय लोकतान्त्रिक गठबन्धनको पक्षमा देशभर जनलहर उर्लिएको छ । सबै जिल्ला र निर्वाचन क्षेत्रका जनता नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्र नेतृत्वको वामपक्षीय लोकतान्त्रिक गठबन्धनको पक्षमा आफ्नो अभिमत जाहेर गरिरहेका छन् ।

वामपक्षीय लोकतान्त्रिक गठबन्धनप्रति जनतामा पलाएको यो उत्साहसँगै सरकार भने एकपछि अर्काे आचारसंहिता उल्लंघनको शृङ्खला चलाउन थालेको छ । सत्ताको दुरुपयोग पनि बढेको छ । हामी सरकारलाई चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने एकसुत्रीय काम गरी आममतदातामा रहेका आशंका मेट्न आग्रह गर्न चाहन्छौं । निर्वाचन आचारसंहिताविपरीत सरकार र सत्तारुढ दलबाट भएका काम कारवाहीप्रति कडाइका साथ प्रस्तुत हुन हामी निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

केही दिनयता काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, मोरङलगायतका जिल्लामा निर्वाचन आचारसंहिताविपरीतका चुनावी प्रचार–प्रसार सामग्री प्रयोग भइरहेका छन् । काठमाडौं क्षेत्र नं १ र क्षेत्र नं ९ मा नेपाली कांग्रेसको तर्फबाट राखिएको प्रचार सामग्री आचारसंहिताविपरीत रहेको प्रष्ट छ । यस कार्यलाई कडाइका साथ नियन्त्रण गर्न र आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने व्यवस्था मिलाउन नेकपा (एमाले) निर्वाचन आयोगको गम्भीर ध्यानाकषर्ण गराउन चाहन्छ । साथै, शान्ति सुरक्षाको भरपर्दाे व्यवस्थाका लागि समयमै आवश्यक प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *