यसरी गरियो प्रकाश दाहालको अन्त्येष्टि

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको हृदयघातका कारण हिजो निधन भएको छ । दाहालको हिजो नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । दाहालका दुई श्रीमति र दुई छोरा छन् ।


आइतबार विहान पाँच बजेर पचास मिनेट जाँदा अचेत अवस्थामा प्रकाश दाहाललाई थापाथली स्थित नर्भिक अस्पताल पुर्याईएको थियो । अस्पतालका अनुसार उहाँलाई अस्पताल ल्याउँदा मुटुको चाल कम भइसकेको र शरीरका सबै अंगले काम गर्न छोडिसकेको थियो । अस्पतालले साढे ६ बजे नै मृत घोषणा गरेपनि विर्तामोडमा रहनु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल राजधानी आइपुगेपछि विहान साढे ११ बजेमात्र मृत्यु बारे औपचारिक जानकारी गराइएको थियो ।

अस्पताल परिसरमा प्रकाश पत्नी विना दाहाल लगायत परिवारका सदस्य तथा आफन्तहरु भावविह्वल अवस्थामा थिए । प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालबाट १२ बजे पार्टी कार्यालय पेरिसडाँडा पुर्याइएको थियो । विभिन्न दलका नेता कार्यकर्ता, आफन्त तथा शुभेच्छुकहरुले खचाखच भरिएको कार्यालय परिसरमा प्रकाशका पिता पुष्पकमल दाहालले पार्थिव शरीरमा पार्टीको झण्डा ओडाइरहँदा परिवार तथा शुभेच्छुकहरु भावविह्वल वनेका थिए ।

प्रकाश दाहालको निधनप्रति श्रद्ञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी दाहाल निवास लाजिम्पाट पुग्नु भएको थियो भने , उपराष्ट्रपति नन्दबहादुर पुन लगायत प्रमुख दलका नेताहरु पेरिसडाँडा पुग्नुभएको थियो ।

पेरिसडाँडाबाट अपरान्ह ४ बजे शव यात्रा सहित प्रकाश दाहालको पार्थिव शरीरलाई अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिएको थियो । प्रकाशको पार्थिव शरीरमा पिता पुष्पकमल दाहालले दागवत्ती दिनुभएको थियो ।

माओवादी केन्द्रका पुर्व पोलिटव्यूरो सदस्य समेत रहनुभएका ३६ वर्षिय प्रकाशले २०५७ सालदेखि यता पार्टी अध्यक्षको निजी सचिवका रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो । प्रकाशको निधनपछि वाम गठबन्धनले  आइतबारका लगि तय भएको  चितवनका ३ वटै क्षेत्रका चुनावी सभाहरु स्थगित गरेको थियो भने पाँच गतेका लागि भरतपुरमा तय गरिएको वृहद सभा समेत स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *